दफा
परिषद्को काम, कर्तव्य र अधिकार
(१) परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
(क) कानून व्यवसायमा प्रवेश गर्नेहरुको परीक्षा लिने ।
(ख) कानून व्यवसायीमा नाम दर्ता गर्ने सम्वन्धी कार्यविधिको व्यवस्था गर्ने ।
(ग) योग्यता पुगेको व्यक्तिलाई कानून व्यवसायीमा दर्ता गर्ने ।
(घ) कानून व्यवसायीको लागि तोकिएको व्यवसायिक आचरण संहिता अनुरुप कानू न व्यवसायीले काम गरे नगरेको सम्वन्धमा अनुगमन गर्ने ।
(ङ) कानून व्यवसायीले व्यवसायिध आचरण विरुद्ध गरेको कार्य सम्वन्धी उजूरी लिने र कारवाहीका लागि अनुशासन समितिमा पठाउने ।
(च) अनुशासन समिति र अन्य समितिले अपनाउनु पर्ने कार्यविधि तोक्ने ।
(छ) यस ऐनको व्यवस्था विरुद्धमा काम गर्नेहरु उपर मुद्दा चलाउने ।
(ज) कानून व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहित तथा सुविधाको संरक्षण गर्ने ।
(झ) स्तरीय कानून शिक्षालाई प्रोत्साहन दिन विश्वविद्यालयसँग परामर्श गरी कानून व्यवसायको लागि उपयुक्त शैशिक मापदण्ड सिफारिश गर्ने ।
(ञ) परिषद्को लागि आवश्यक कर्मचारीहरु नियुक्त गर्ने र उनीहरुको पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था गर्ने ।
(ट) कानून व्यवसायीलाई कानून व्यवसायको व्यवहारिक अनुभव दिनलाई कानून व्यवसायलाई गरिमामय बनाउन आवश्यक प्रशिक्षण तथा तालीमको व्यवस्था गर्ने ।
(ठ) कानून व्यवसायीको हित अभिबृद्धि गर्न अध्ययन, छलफल, सभा, गोष्ठी, प्रवचन आदिको व्यवस्था गर्ने र आवश्यक प्रकाशनको व्यवस्था गर्ने ।
(ड) परिषद्को कोषको प्रवन्ध गर्ने ।
(ढ) यस ऐन द्वारा निर्धारित अन्य कार्य गर्ने, र
(ण) यस ऐनको उद्देश्य पूरा गर्न आवश्यक पर्ने अन्य कार्यहरु गर्ने ।
(२) परिषद्ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरु मध्ये केही अधिकार कुनै पार्षद्, सचिव, समिति वा समितिको सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।